सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

२०८३ असोज ३१, ०२:१० रासस

खोटाङ : द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।

निजका मातापिताको अवस्था गम्भीर छ । उनिहरूको शिर मेमोरियल अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलले राससलाई टेलिफोनमा जानकारी दिए । बुलेटका चालकलाई हिरासतमा लिइएको छ । 
 

कमेन्ट लोड गर्नुस