अमरगढी–१० का ३५ विपन्न परिवारलाई मल्लले गरे खाद्यान्न सहयोग
धनगढी: दसैँ तथा तिहारको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका–१० का ३५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। हाल जापानमा रहेका समाजसेवी विनयप्रकाश मल्लको आर्थिक सहयोगमा गरिब, विपन्न, अशक्त, असहाय तथा सहाराविहीन परिवारलाई चामल,
दाल, नुन, तेल, चिनी, साबुनलगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो।
चाडपर्वका बेला कुनै पनि परिवार भोकै बस्न नपरोस् र उनीहरूको मुहारमा खुसी छाओस् भन्ने उद्देश्यले राहत वितरण गरिएको मल्लले बताए । राहत वितरण कार्यक्रमलाई वास्तविक पीडित परिवारसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहयोगले कसैको चुलो बलोस् र चाडपर्वमा खुसी छाओस् भन्ने कामना गरिएको मल्लले बताए।