सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

२०८३ कार्तिक १, ११:४२ रासस

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो । यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् । ललितको अवस्था गम्भीर छ । निजको  जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ । 
 

कमेन्ट लोड गर्नुस