सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट एक लाख ६३ हजारभन्दा बढीका सामान बरामद

२०८३ कार्तिक ३, १०:१० खबर संवाददाता

 

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका एक लाख ६३ हजार तीन सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीका विभिन्न स्थानबाट प्रहरीले एक लाख २९ हजार तीन सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानमा सुर्ती, सलाई, सुकेको मटर, डिजाइनिङ लेस, कपडामा प्रयोग हुने बुट्टा र बोइलर कुखुरालगायत छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७, बनगाउँबाट ३४ हजार रुपैयाँ बराबरका झ्याल र ढोकाका पर्दा बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जिल्लामा सोमबार प्रहरीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस