सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरीका गरगहनासहित महिला पक्राउ

२०८३ कार्तिक ३, ११:२९ रासस

पसा : चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ ।

एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकस्थित हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनाको ती महिलाबाट बरामद गरेको हो । 
 

कमेन्ट लोड गर्नुस