सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

२०८३ कार्तिक ६, ०१:२५ रासस

दाङ : अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८,चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस