सुदूर नेपाललाई विश्वसँग जोड्दै

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

२०८३ कार्तिक ९, ११:२२ रासस

काठमाडौँ : काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताए ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरु भएको थियो ।  उनले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै यसै हप्ता भित्र पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

उक्त पुल निर्माणका लागि दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस