सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी निरीक्षकमा बढुवा भएका बोहरालाई दर्ज्यानी चिह्न

२०८३ कार्तिक १०, १२:१७ खबर संवाददाता

धनगढीः प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका रामसिंह बोहरालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयको सचिवस्तरको असोज २७ गतेको निर्णयअनुसार कात्तिक ५ गतेदेखि लागू हुने गरी बोहराको बढुवा भएको हो। 

उनलाई मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख भट्टराईले अनुशासित, अनुभवी र निष्ठावान् प्रहरी कर्मचारीका रूपमा नागरिक सेवामा बोहराले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले बढुवाका लागि बधाई दिँदै बोहराको व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको कामनासमेत गरे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्ट, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस