जवरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ
कञ्चनपुरः २२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका ५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरी पक्राउ परेका हुन्। चौधरीलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।