धनगढी–४ उत्तरबेहडीका ओझा दम्पतिद्वारा कपडा बैंकलाई सहयोग
२०८३ कार्तिक १२, १२:५४
धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ५० थान कपडा सहयोग गरिएको छ।
धनगढी–४ उत्तरबेहेडीका चेतराज ओझा र उनकी श्रीमति हंसादेवी ओझाले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि सञ्चालनमा आएको कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस