सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ, २० हजार नगद बरामद

२०८३ कार्तिक १५, ०५:१६ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ मेन्थाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीय सन्तोष भण्डारीसहित चार जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट नगद २० हजार ४ सय ७० रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस