करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा
२०८३ कार्तिक १६, १२:२६
काठमाडौँ : आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।
त्यसैगरी, १५ जनाले जनही एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।
कमेन्ट लोड गर्नुस