सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडक्रसद्वारा राहत सामग्री वितरण

२०८३ कार्तिक १६, ०३:११ रासस

बनेपा (काभ्रे) : गत कात्तिक १३ र १४ गते आएको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक राहत सामग्री वितरण गरेको छ । 

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले बताए।

उनका अनुसार सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । राहत सामग्रीअन्तर्गत त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरिएको छ । 

शाखाका मन्त्री सिग्देलले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताए     ।
 

कमेन्ट लोड गर्नुस