सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पच्चीस घर र आइगाउँ पनि झिलिमिली, रोप लाइट उद्घाटन

२०८३ कार्तिक १९, ०७:२४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर र आइगाउँमा रोप लाइट जडान गरिएको छ।

उज्यालो धनगढी कार्यक्रमअन्तर्गत सडक क्षेत्रमा जडान गरिएका रोप लाइटको वडा अध्यक्ष बाधुराम चौधरीले उद्घाटन गरेका हुन्। सडकलाई उज्यालो बनाउँदै रातिको समयमा आवागमन सहज बनाउने र सहरी सौन्दर्य बढाउने उद्देश्यले रोप लाइट जडान गरिएको हो। रोप लाइट सञ्चालनमा आएसँगै पच्चीस घर र आइगाउँको रात्रिकालीन दृश्य थप आकर्षक बनेको छ।

यसबाट स्थानीय बासिन्दा तथा यात्रुलाई रातिको समयमा आवागमन गर्न सहज हुने अपेक्षा गरिएको छ। धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न वडामा उज्यालो विस्तार गर्दै सडक तथा सार्वजनिक क्षेत्रलाई आकर्षक, सुरक्षित र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएको छ। उपमहानगरपालिकाले उज्यालो धनगढी कार्यक्रमलाई ‘एक वडा, एक आर्थिक केन्द्र’ को अवधारणासँग समेत जोडेको छ।

कमेन्ट लोड गर्नुस