गगन थापा भन्छन्– म कमजोर नैतिक धरातलमा उभिएको छैन, मेरा हात सफा छन्
धनगढीः नेपाली कांग्रेसका सभापति गगन थापाले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिँदै आफ्नो नैतिकतामाथि कुनै सम्झौता नभएको दाबी गरेका छन्।
उनले भनेका छन्, –ढुक्क हुनुहोस्– म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हात सफा छन्।’
थापाले गलत प्रश्न आफूलाई नभई सम्बन्धित ठाउँमा सोध्नुपर्ने बताएका छन्। कांग्रेसको आधिकारिताका विषयमा भइरहेको विवादमा भिडियो सन्देश थापाले सार्वजनिक गरेका छन्।