घरायसी विवादमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
धनगढीः चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–४ त्रिचोकमा आज बिहान करिब साढे ८ बजे घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा ३२ वर्षीया सपना राना मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्याङ्जाको चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुर–४ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती सपनालाई कोठाभित्रै कुटपिट गरेका थिए । कुटपिटबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सुमनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।