सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पिकनिक खान गएका यात्रु चढेको जिप दुर्घटना, पाँच जना घाइते

२०८३ कार्तिक २७, ०५:३१ खबर संवाददाता

धनगढीः दार्चुलामा पिकनिक खान गएका विद्यार्थी सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो महाकाली नगरपालिका–४ दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिँदा पाँच जना विद्यार्थी घाइते भएका हुन्।

प्रहरीका अनुसार खलंगाबाट पिकनिक खान दत्तु पुगेको सुपप्र ०४–००१ ज ०१२२ नम्बरको जिप खेलमैदानमा घुमाउने क्रममा अचानक पल्टिएको थियो।

दुर्घटनामा महाकाली नगरपालिका–४ बिद्या नगरटोलका १७ वर्षीया अनु लुहारसहित अस्मिता ओड, अनुशा चुनारा, संगीता चुनारा र भुमा चुनारा घाइते भएका छन्। घाइते पाँचै जनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस