सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा भन्छन्– पाँचपटक प्रधानमन्त्री बनाउने कांग्रेसका लागि ज्यान दिन पनि तयार छु

२०८३ कार्तिक २८, ०४:३७ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्। देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले अब आफूलाई व्यक्तिगत रूपमा केही चाहना नरहेको बताए। ‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ देउवाले भने, ‘जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ।’

कमेन्ट लोड गर्नुस