सुदूर नेपाललाई विश्वसँग जोड्दै

गड्डाचौकीबाट नियन्त्रणमा लिइयो घरबाट भागेर भारत जान लागेका दुई युवती

२०८३ कार्तिक २८, ०७:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट घरबाट भागेर भारत जान लागेका दुई युवतीलाई नियन्त्रणमा लिइएको छ।भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइनेमा बर्दियाको मधुवन नगरपालिका–९ शान्तिटोलका १८ र १९ वर्षीया युवती रहेका छन्। उनीहरू घरबाट भागेर भारततर्फ जान लागेको अवस्थामा फेला परेका थिए।

सशस्त्र प्रहरीका अनुसार दुवै युवतीलाई आफन्त नेपालकी कार्यालय संयोजक सुनिता सिनाल र इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक विश्वास खत्रीलाई बुझाइएको छ।

बेचबिखनको सम्भावित जोखिम तथा असुरक्षित रूपमा सीमा पार गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सुरक्षा र अवस्थाबारे बुझ्न आवश्यक देखिएपछि नियन्त्रणमा लिइएको बताइएको छ।

कमेन्ट लोड गर्नुस