सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथ धाममा जात्रा, गाउँपालिकाभर दुई दिन बिदा

२०८३ कार्तिक ३०, ०१:०७ खबर संवाददाता

बैतडीः बैतडीको प्रसिद्ध धार्मिकस्थल शिवनाथ धाममा भइरहेको जात्राका अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। शिवनाथ धाममा हरेकवर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ। यसवर्षको जात्रा सोमबारदेखि सुरु भएको हो।

कमेन्ट लोड गर्नुस