कञ्चनपुर र डोटीबाट २ थान एक नाले भरुवा बन्दुक बरामद
धनगढीः कञ्चनपुर र डोटीबाट २ थान एक नाले भरुवा बन्दुक बरामद गरिएको छ।
कञ्चनपुरकोे भीमदत्त नगरपालिका–१ बाराकुण्डा स्थित बैजनाथ सामुदायिक वनमा रुखको टोड्का भित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक थान–१ सोमबार दिउँसो गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ।
यसैगरी डोटी दिपायल सिलगढी नगरपालिका–७ उडितोला स्थित एकनाले भरुवा बन्दुक थान–१ सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।