कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ
धनगढीः कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ६८० मिलिग्रामसहित सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय नरेन्द्र डगौरा र २५ वर्षकै डेभिट चौधरी पक्राउ परेका छन्।
यसैगरी लालझाडी गाउँपालिका–६ चानदेवको बेलडाँडी सडक खण्डबाट सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ६८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका–२ बंक बस्ने २६ वर्षीय दिपक कठायत र वर्ष २३ को दिपश्री पाल पक्राउ परेका हुन्। यी चारै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
यसैगरी कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९२० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–५ बस्ने ३२ वर्षीय प्रकाश शाही पक्राउ परेका छन्। शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।