सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ मंसिर ४, ११:५८ खबर संवाददाता

नेपाली बजारमा आज सुन १२ हजार २०० रुपैयाँले घटेको छ। आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन (बिहीबार) सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ।  

कमेन्ट लोड गर्नुस