वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभाको चुनाव गर्ने आयोगको प्रस्ताव
धनगढीः निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेको हो।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका थिए।
यसअघि २०७९ सालको ३० वैशाखमा स्थानीय तह तथा ४ मंसिरमा प्रदेशसभाको चुनाव भएको थियो।