सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा छाडा गोरुसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते

AI image
AI image
२०८३ मंसिर ७, ०८:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा छाडा गोरुसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते भएका छन्।

गएराति करिब ११ बजेको समयमा कृष्णपुर नगरपालिका–२ स्थित बंक चोकमा सुदूरपश्चिम प्रदेश ०१–०१० प ३३६३ नम्बरको मोटरसाइकल छाडा गोरुसँग ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–७ निवासी ३५ वर्षीय दीपकराज भट्ट घाइते भएका छन्। दुर्घटनामा गोरुको घटनास्थलमै मृत्यु भएको छ। घाइते भट्टको वाणी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस