सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर भूकम्पको धक्का

२०८३ मंसिर ८, ०८:३८ खबर संवाददाता

काठमाडौँः ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ। यसअघि अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्र (ईएमएससी) ले उक्त भूकम्प ५.३ म्याग्निच्युडको रहेको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो।

कमेन्ट लोड गर्नुस