सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

२०८३ मंसिर ९, ०६:२३ खबर संवाददाता

बझाङः बझाङमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। बझाङको केदारस्यु गाउँपालिका–७ काँडाचौर बस्ने ५८ वर्षीय बहादुर धामी पक्राउ परेका हुन्।

धामीले घरमा एकनाले भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट बिजगडा, बझाङबाट खटिएको प्रहरी टोलीले निजको घर आँगन खानतलासी गर्दा घरदेखि ५० मिटर टाढा खरको कुन्योमा उक्त बन्दुक फेला पारी बन्दुकसहित उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस