सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीतर्फ आउँदै गरेको बस बैतडीमा दुर्घटना

२०८३ मंसिर ९, ०३:२८ खबर संवाददाता

धनगढीः बैतडीको बाजपानी नजिकै बझाङबाट धनगढीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। सुपप्र ०१–००१ ख ३८४५ नम्बरको उक्त बस आलुगैरामा ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार यात्रुले भरिभराउ रहेको बस अनियन्त्रित भई भिरतर्फ सोझिएको थियो। बसको आधा भाग सडकबाट बाहिर गइसकेपछि यात्रुहरूले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए।

दुर्घटनामा सबै यात्रु सकुशल रहेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस