सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय खेलकुदमा क्रिकेटतर्फ सुदूरपश्चिमको हार

२०८३ मंसिर १०, ०४:५१ खबर संवाददाता

धनगढीः १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम पराजित भएको छ। सुर्खेतस्थित कालुञ्चोक क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीको जितमा विपिन रावल नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६० रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक २८ र दीपक बोहराले १८ रन जोडे।

कमेन्ट लोड गर्नुस