सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य प्रयोगशाला शिविर सम्पन्न (भिडियो सहित)

२०७५ जेठ १३, ०७:४४

धनगढी हसनपुरमा रहेको धनगढी डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले विश्व थाईराईड दिवसको अवसरमा गरेको निशुल्क शिविर सम्पन्न भएको छ ।  बैशाख १० गते देखि सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा सुगर, किडिनी, होलवडी र थाइराइडका विरामीहरुको उपचार गरिएको थियो । शिविरमा ३४ प्रतिशत सुगरका रोगी देखिएको सेन्टरले जनाएको छ । यस्तै २० प्रतिशत किड्नीका विरामी देखा परेका सेन्टरका निर्देशक महेन्द्रवहादुर साउँदले जानकारी दिए । होल बडीका विरामी ३६ प्रतिशत र थाईराईडका बिरामी २० प्रतिशत देखा परेको उनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराए । 

कमेन्ट लोड गर्नुस