सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन आउँछ आँखी भौँ ?

२०७५ जेठ १८, ०८:०५

शिशु हुर्कंदै गएपछि उम्रने आँखी भौँलाई सुन्दरतासँग पनि जोडेर हेर्ने गरिन्छ ।  विशेषगरी महिलाले थ्रेडिङ गरेर यसको आकार दिने पनि गर्छन् । आँखीभौँ किन आउँछ भन्ने कुरा भने धेरैलाई थाहा नहुन पनि सक्छ । आँखामा आईलिड र आँखीभौँ हुन्छ । यसले आँखालाई सुरक्षा दिने काम गर्छ । बाहिर आउने धुलोका कणहरूबाट पनि यसले बचाउने काम गर्छ । आइलिडमा मसल्स हुन्छ । यसको मुभमेन्ट भइरहन्छ । जसकारण आँखाबाट निस्कने आँसु चारैतर्फ फैलिन्छ । जसले गर्दा आँसु आएका वेला पनि राम्रोसँग हेर्न सहयोग पु¥याउँछ । आईलिड मात्र नभएर आइब्रोका पनि आफ्नै काम छन् ।

यसको काम पनि आँखाको सुरक्षा नै हो । मानिसको पसिना बगिरहन्छ । आँखामाथिबाट यसरी बग्ने पसिनालाई आँखीभौँले सीधै आँखामा पुग्न दिँदैन । यस्तो पसिना या पानी आँखीभौँमै रोकिन्छ । आँखामा हुन सक्ने विभिन्न संक्रमणबाट पनि यसले बचाउने काम गर्छ । विशेषगरी महिलाले सुन्दर देखिनका लागि आँखीभौँ खुर्कने गर्छन् । यस्तो विषयमा भने सचेत हुनुपर्छ । सजगताका साथ थ्रेडिङ गर्दा त्यस्तो कुनै असर पर्दैन । तर, बढी नै थ्रेडिङ गर्ने बानीले भने आँखामा विभिन्न इन्फेक्सन हुन सक्छन् ।
 

कमेन्ट लोड गर्नुस