सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा करिब ९ लाख ६० हजार मानिसमा दमखोकी

२०७५ जेठ १९, ११:२८

विश्व रोगभार सर्वेक्षणले नेपालमा दमखोकीको अवस्था विकराल रहेको देखाएको छ । हालै सार्वजनिक गरिएको सन् २०१६ को तथ्यांकअनुसार करिब ९ लाख ६० हजार नेपालीहरुमा दमखोकी देखिएको छ । 
 सोलिड नेपाल र जाइकाले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा प्रतिलाख जनसंख्यामा ३ हजार ६ सय दमखोकीका बिरामी छन् । तथ्यांकले नेपालमा ४ हजार ८ सयको संख्यामा दमखोकी बिरामी भएको देखाएको छ ।
सर्भेक्षणमा जनाइअनुसार नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुन्छ भने त्यसमा १ सय २० प्रतिलाख महिला र १ सय ३ प्रतिलाख पुरुष छन् । दमखोकीका कारण मृत्यु हुनेको संख्यामा महिलाको संख्या बढी देखिएको छ । पछिल्ला केही तथ्यांकहरुले नेपालमा दमखोकीको समस्या दिनप्रतिदिन बढ्दै गएको देखाएका छन् ।
    यसको प्रमुख कारक तत्व धुमपान  र वायुप्रदुषण भएको चिकित्सक बताउँछन् । धुम्रपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या भएको शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा करवीरनाथ योगीले बताए । अहिले पनि २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धुम्रपान गर्ने र ३१ प्रतिशत मानिसहरु अरुले धुम्रपान गर्दा निस्केको धुँवाबाट प्रभावित हुने गरेका उनले बताए ।
घरभित्र आगो बाल्दा निस्केको धुवाँ र बाह्य वायु प्रदूषण पनि दमको उत्तिकै जिम्मेवार छन् । नेपालमा खासगरी सहरी क्षेत्रमा वायु प्रदूषण तीव्र गतिले बढेको छ । यसको प्रमुख कारण सवारी साधनको संख्यामा भएको वृद्धिबाट निस्कने धुवाँ र इट्टाभट्टाबाट निस्कने धुवाँ भएको बताइएको छ ।
 सन् २००मा २ लाख ५० हजारको संख्यामा रहेको सवारी साधन सन् २०१७ सम्मा आउँदा करिब २४ लाख पुगेको छ । त्यसैगरी ६६ प्रतिशत घरमा खाना पकाउन वा अन्य घरेलु प्रयोजनको लागि दाउरा÷गुइठा बाल्ने गरिन्छ ।
 

कमेन्ट लोड गर्नुस