सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नियन्त्रण गर्न सके प्रदुषण न्यूनीकरण गर्न सकिने (अडियो रिर्पोट)

२०७५ जेठ २२, ०७:००

मंगलबार परेको विश्व वातावरण दिवस प्रदेश नम्बर ७ मा पनि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्व वातावरण दिवसका अवसरमा संयुक्त राष्ट्र संघले तय गरेको प्लाष्टिक प्रदुषण निर्मुल पारौँ, सके पुनः प्रयोग नसके बहिष्कार गरौँ भन्ने मुल नारा सहित दिवस मनाईको हो । बढ्दै गएको प्लाष्टिकजन्य समाग्रीको प्रयोगले वातावरण प्रदुषित भएर मानव स्वास्थ्य गम्भीर खालको असर देखिनुका साथै वन्यजन्तु संकट र खेतीयोग्य जमिन समेत रुखो हुन थालेको भन्दै यसको प्रयोगलाई नियन्त्रण गर्नुुपर्नेमा जोड दिइएको छ । विश्वमा जस्तै नेपालका शहरी क्षेत्रमा पनि प्लाष्टिकका झोलाहरुको प्रयोग दिन प्रतिदिन बढ्दो छ । व्यापारीहरुको सजिलोपना तथा निःशुल्क उपलब्धता र चाहे जस्तो पनि आकारमा पाईने हुदा उपभोक्तामाझ प्लाष्टिजन्य समाग्रीको प्रयोग लोकप्रीय देखिएपनि यसले वातावरणलाई प्रदुषीत बनाउदै लगेको छ ।  प्लाष्टिकका  झोला तथा अन्य वस्तुहरुलाई गाडेमा सड्न लामो समय लाग्ने, जलाउदा निस्कने  कार्वन मनोअक्साईड ग्यास जन्य विषक्त धुवाले मानव स्वास्थ्य, पशुपन्छी र वातावरणमा गम्भीर खालेको अवसर पार्ने तथा जमिनमा गाड्दा माटोलाई समेत असर पारिरहेको वन विभाग काठमाण्डौंँकी वन अधिकृत निर्मला फुलाराले वताईन् । 

बढ्दै गएको प्लाटिकजन्य समाग्रीको प्रयोगले उत्पादन भइरहेको फोहोरलाई जित्न सके मात्र यस प्रकारका समस्याहरुको न्यूनीकरण गर्न सकिने विज्ञहरुले बताएका छन् । त्यसका लागि सकेसम्म प्लाष्टिकजन्य सामग्री प्रयोग नगर्ने, गर्नै परेमा एकपटक मात्रै प्रयोग गरिने प्लाष्टिकजन्य सामग्री परित्याग गर्नेमा जोड दिन आग्रह गरिएको छ । प्लाष्टिकजन्य समाग्रीको विकल्पमा झोलाको प्रयोगलाई बढाव दिन वन अधिकृत फुलाराले आग्रह गरिन् । विश्वमा हरेक वर्ष पाँच खर्ब वटा प्लाष्टिकका झोला प्रयोग हुने गरेको तथ्याङ्क छ । प्लाष्टिकको प्रयोगलाई घटाउन नसकिएमा भविष्यमा मानवमा क्यान्सरजन्य रोग, पशुपंक्षीमा छाला, कलेजो र मृगौला सम्वन्धी विविध रोगहरु लाग्न सक्छन् । त्यसैले आजैदेखी सकेसम्म प्लाष्टिजन्य समाग्रीको प्रयोग नगरौँ, गर्ने परेमा पुनः प्रयोग र नसके बहिष्कार गरौँ । 

 

कमेन्ट लोड गर्नुस