भारतमा कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार
माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोकका २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाका २५ वर्षीया सविना (नाम परिवर्तन)को उद्धार गरिएको हो।
माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो। उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए।