यस्ता छन भुटेको मकै खानुका फाइदा
गाउँघर तिर भुटेको मकै निकै प्रख्यात छ। सहर बजारमा भने भुटेको मकै त्यति प्रख्यात छैन। सहर बजारका कतिपयलाई त भुटेको मकैको स्वाद पनि थाहा नहोला। भुटेको मकै स्वादिष्ट त हुन्छ नै स्वास्थ्यमा पनि विशेष फाइदा गर्छ।
यस्ता छन् भुटेका मकैका फाईदाहरुः
१. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुन्छ। जसले हड्डीलाई मजबुत बनाउँछ।
२. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ। यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।
३. भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ। यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ।
४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ।
५. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ।
६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमालेर यसको पानीलाई छानी मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ।
७. भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ।