प्रदेश नम्वर ७ का लागि आवश्यक कानुन निर्माणमा ढिलाई
कर्मचारी अभावका कारण प्रदेश नम्वर ७ को सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माणमा ढिलाई भएको छ । संविधानले नै तोकेका २३ वटा कानुन लगायत मन्त्रालयहरु सञ्चालनका लागि आश्यक पर्ने प्रदेश कानुनहरु कर्मचारी अभावले निर्माणमा ढिलाई भएको हो । सरकारले कानुन अधिकृत नपठाउँदा प्रदेश कानुन कसरी बनाउने भन्नेमै अलमल देखिएको छ । कानुन अभावले प्रदेश सरकारका अधिकांश कामहरु प्रभावित हुँदै आएका छन ।
कमेन्ट लोड गर्नुस