सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसकारण बांगिन्छ मेरुदण्ड

२०७५ जेठ २७, ०१:४२

  पछिल्लो समय मेरुदण्डको समस्या लिएर अस्पताल धाउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मेरुदण्डको दुखाइ, नसा च्यापिने, बांगिने, पक्षाघातलगायतका समस्या देखिने गर्छ । मेरुदण्ड बांगिएको समस्या भएमा पछाडिबाट हेर्दा एकतिरको भागमा झुकाब भएको स्पष्ट देखिन्छ । यस्तो समस्या पनि दिनप्रतिदिन बढ्दो छ । विशेषगरी १२ देखि १५ वर्षसम्मका बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइन्छ । 
८५ प्रतिशत मानिसलाई मेरुदण्ड बांगिने समस्या हुन्छ । जसको ठ्याक्कै कारण अहिलेसम्म पत्ता लागेको छैन । मेरुदण्ड बांगिने समस्याले बढ्दो उमेरका बालबालिकालाई समस्यामा पार्ने गर्छ । त्यस्ता शरीरको पूर्ण विकास हुँदै गरेका बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइन्छ । यस्तो समस्यामा बढी मात्रामा आनुवंशिक गुणले भूमिका खेलिरहेको हुन्छ । यस्तो समस्या १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ ।
कतिपय शिशुको जन्मजात मेरुदण्ड बांगिएको पनि हुन्छ । जसले पछि पनि दुःख दिने गर्छ ।
स्नायु प्रणलीमा समस्या हुँदा, मांसपेशीसम्बन्धी रोग लाग्दा पनि यस्तो समस्या हुन सक्छ ।
संकेत
एकपट्टिको काँध उच्च हुनु ।
एकातिरको हाड अर्कोतर्फको भन्दा ठूलो देखिनु ।
दुवै हातका पाखुरा सीधा झुन्ड्याएर राख्दा एकातिरको पाखुरा अर्को भागभन्दा अलि बढी दूरीमा रहेको देखिनु ।
शिरदेखि कम्मरसम्मको हाड आफ्नो ठाउँमा वा सीधा नहुनु ।
कस्तालाई देखिन्छ ?
महिला र पुरुष दुवैमा यस्तो समस्या देखिने गर्छ । तर, यस्तो समस्याले अलि बढी पुरुषलाई दुःख दिने गर्छ । यस्तो रोगको सम्भावना महिलाभन्दा पुरुषमा ५ देखि ८ गुणा बढी हुन्छ ।
यसरी मेरुदण्ड बांगिएका ९० प्रतिशतको समस्या सामान्य हुन्छ । जसलाई उपचारको जरुरत पर्दैन । बढ्दो उमेरका बयस्कहरूको बांगिएमा भने परीक्षण गर्न जरुरी हुन्छ ।
यस्तो समस्याले अलि बढी नै दुःख दिएमा स्पाइन सर्जनलाई देखाई शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
उपचारको अवस्था
कम या अत्यधिक बढी उमेरमा यस्तो समस्या देखिएमा ।
हाड विकासको समयमा यस्तो संकेत देखिएमा ।
मेरुदण्डको झुकावको डिग्रीका आधारमा ।
यसकै कारण महिनावारी नभएको अवस्थामा ।

कमेन्ट लोड गर्नुस