सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसोमा हृदयघातको बढी जोखिम ! किन ?

२०७६ पुष २, १०:२८ खबर संवाददाता

जाडो मौसममा मुटुको समस्या बढ्ने मुटु रोग विशेषज्ञहरूले बताएका छन्। मुटु रोग विशेषज्ञ डा. शिवजी सिलवालले जाडोमा रक्तनली खुम्चँदा मुटुमा पर्याप्त अक्सिजनयुक्त रगतको आपूर्ति हुन सक्दा हृदयघातको जोखिम बढी देखिने बताए।

हृदयघातको बढी जोखिम ४५ वर्ष उमेरभन्दा माथिका मानिसमा हुन्छ। गर्मीभन्दा जाडो महिनामा खाने कुरा बढी सेवन गर्ने व्यायम नगर्ने गर्दा यसको जोखिम बढी देखिने गरेको उनको भनाइ छ। 

उनले भने, “चिसो मौसममा शरीरको तापक्र घट्ने हुँदा ताप उत्पादनका लागि मुटुमा दबाब पर्छ र मुटु छिटो धड्कन थाल्छ, फलतः कमजोर मुटु छ भने हर्ट फेलियरको खतरा हुन्छ।”  हृदयघात हुने जोखिम धूमपान र सुर्तिजन्य पदार्थको सेवन, उच्चरक्तचाप, मधुमेह कोलस्ट्रोल बढी भएका मानिसमा हुने गरेको उनको भनाइ छ। 

 हामी घरभित्र न्यायो वातावरणमा बसेका हुन्छौं, तर तुरुन्तै घर बाहिर चिसो निस्कँदा मुटुमा बढी जोखिम हुन्छ, त्यस्तो जोखिम आउन नदिन शरीर ढाकिने न्यानो कपडा लगाएर निस्कन चिकित्सकहरूको सुझाव छ। 

कमेन्ट लोड गर्नुस