सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुहाउने पानीमा नुन मिसाउँदा यस्तो फाइदा

२०७६ पुष ५, १०:४४ खबर संवाददाता

कहिले र कसरी प्रयोग गर्ने त नुहाउने पानीमा नुन ?

ज्वरो आउँदा 

ज्वरो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाउनुस्। एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठन्डी र ज्वरोबाट राहत मिल्छ। 

क्याल्सियमको कमी हटाउन 

साल्ट वाटर बाथले शरीरमा क्याल्सियमको कमी हटाउँछ। यसबाट मांशपेशी दुख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो हुन्छ। 

अनिद्रा हटाउन 

नुनपानीले नुहाउनाले शरीर चिलाउने समस्या हट्छ। साथै, गहिरो निद्रा पनि आउँछ। निद्रा नलाग्ने समस्या भएकालाई यो ठूलै राहत हुन सक्छ।

थकान र स्ट्रेस कम गर्न

नुनपानीले स्नान गर्नु शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि फलदायी छ। नुनपानीले नुहाएपछि तपाईं ज्यादा शान्त र खुुसी भएको महसुस गर्नुहुन्छ।

यो एक ‘स्ट्रेस बस्टर’ हो। यसले आरामको अनुभूतिसँगै मानसिक शान्ति पनि बढाउँछ। 

कमेन्ट लोड गर्नुस