यस्ता छन् काली हुनुका अद्भुत फाइदै फाइदा
हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछः
कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ। यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउन सहयोग गर्दछ ।छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ।
स्नायू प्रणालीको सुरक्षाः
कालो छालामा पाइने मेलानिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ।
संक्रमणबाट जोगाउँछः
मेलानिन संक्रमण फैलाउने ब्याक्टेरियाबाट बचाउँछ। गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ।
जवान देखिन्छः
कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ जसका कारण लामो समयसम्म जवान देखिन मदत पुर्याउँछ।
रोग प्रतिरोधी क्षमताः
मेलानिनका कारण शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ। रुघा–खोकीजस्ता रोगबाट बचाउँछ।
गर्भावस्थामा फाइदाजनकः
मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ। गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि बचाउँछ।