सुदूर नेपाललाई विश्वसँग जोड्दै

लामखुट्टे भगाउन यी उपाय अपनाउनुस्

२०७५ जेठ २९, ०७:५६

 तुलसीको पातको रस कोठामा छर्किदिनुभयो भने लामखुट्टे नजिक बस्न चाह“दैन । शरीरका हातगोडामा दल्ने हो भने त लामखुट्टेले टोक्नै सक्दैन । कोठाको कुनै कुनामा तुलसीको गमला छ भने पनि लामखुट्टे केही हदसम्म नियन्त्रण हुन्छ ।
पुदिनाको पातको रस कोठामा छर्किंदा लामखुट्टे भाग्छ । शरीरमा दल्न
पनि सकिन्छ । घरको बाल्कोनीमा सयपत्री फूल गमलामा सजाउन सक्नुहुन्छ । यो फूलको रस छालामा दल्नुभयो भने लामखुट्टेले टोक्दैन ।
सस्र्युंको तेलमा अजवाइन पाउडर मिलाएर एउटा कपडाको टुक्रामा पोको पारी कोठाको कुनै उ“चो भागमा राखिदिनुभयो भने लामखुट्टे कोठामा छिर्दैन ।
नीमको तेल हातगोडामा दल्नुहोस्, लामखुट्टेले टोक्दैन । नरिवलको तेल मिसाएर दल्न पनि सक्नुहुन्छ । कोठामा कपुर बालेर झ्याल–ढोका बन्द गरिदिनुहोस् ।

कमेन्ट लोड गर्नुस