धेरै पानी पिउनु यस कारण खतरनाक
पानीले अनुहारमा चमक ल्याउन सहयोग गर्छ। तर पछिल्लो अनुसन्धानले धेरै पानी भएमा पनि नकरात्मक असर गर्ने देखाएको छ। बेलायती चिकित्सकको टोलीले गरेको एक अध्ययनअनुसार धेरै पानी पिउँने व्यक्तिको मिर्गौलामा नकरात्मक असर गर्छ।
मोटोपना र ब्लड सर्कुलेसनमा गम्भीर समस्या निम्ताउने गरेको छ। चिकित्सकले धेरै पानी पिउँदा मिर्गौला फेल हुने सम्भावना रहन्छ। धेरै पानीले मिर्गौलाको क्षमतामा ह्रास आउँछ। त्यसैले मिर्गौला नै फेल हुनसक्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
शरीरमा रहेको सोडियम पनि पातलो हुँदा मस्तिष्क सुन्नीने समस्या हुनसक्छ। जुन हाम्रो शरीरका लागि धेरै नै खतरा हुनसक्छ। सोडियम एक प्रकारको इलेक्ट्रोलाइट हो, जसले हाम्रो शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्छ। जब पानीको मात्र आवश्यक भन्दा धेरै हुन्छ, तब यो पातलो बन्दै जान्छ। यो पातलो बनेपछि हाइपोट्रोमियाको खतरा बढी हुन्छ।
धेरै पानी पिउँदा लाग्छन् यी गम्भीर रोग किड्ली फेलको सम्भावना हुन्छ। मिर्गौलाले हाम्रो शरीरमा फिल्टरको काम गर्छ। पानीको मात्रा हाम्रो शरीरमा धेरै भएपछि त्यसको भार मिर्गौलामा पर्छ। यसले मिर्गौला फेल हुने सम्भावनालाई बढाउँछ।
विशेषज्ञकाअनुसार धेरै पानी पिउँने व्यक्तिको मांसपेसीमा पनि समस्या हुन्छ। जसले ब्लड सर्कुलेसनमा पनि समस्या हुन्छ। त्यसैले दैनिक २ देखि ४ लिटरसम्म पानी पिउन विज्ञले सुझाव दिएका छन्। शारीरिक श्रम धेरै गर्नेले भने ५ देखि ६ लिटरसम्म पानी पिउँदा राम्रो हुन्छ। तर त्यो भन्दा धेरै पिउनेमा भने पानीले फाइदा नभएर घाटा निम्ताउँछ।