सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ चुरा लगाउँनुको वैज्ञानिक तथ्य

२०७६ पुष १२, १०:१२

शारीरिक रुपमा महिला पुरुषको तुलनामा अत्यधिक नाजुक हुन्छ। चुरा लगाउनुको मुख्य उद्देश्य स्त्रीलाई शारीरिक रुपमा शक्ति प्रदान गर्नु हो। विगतमा स्त्रीले सुन वा चाँदीको चुरा लगाउँथे। सुन र चाँदी लगातार शरीरको सम्पर्कमा रहँदा यो धातुको गुण शरीरमा पाइन्छन्।

आयुर्वेदका अनुसार सुन चाँदीले शरीरलाई बल प्रदान गर्छ। सुन चाँदीको घर्षणमार्फत् शरीरले शक्तिशाली तत्व प्राप्त गर्छ जसमार्फत् महिलाको स्वास्थ्यमा लाभ मिल्छ र उनीहरु धेरै उमेरसम्म स्वस्थ हुनसक्छन ।

अर्को एक मान्यताका अनुसार महिला जब घरको काम गर्छन् तब चुराको आवाजले घरको नकारात्मक ऊर्जालाई नष्ट गर्ने गर्छ। सकारात्मकता बढ्छ। धार्मिक मान्यताका अनुसार जो विवाहित महिलाले चुरा लगाउँछन् उनीहरुको श्रीमानको आयु लामो हुन्छ। यसै कारण विवाहित महिलाका लागि चुरा लगाउनु अनिवार्य छ।

चुरा लगाउनुका वैज्ञानिक फाइदाः
नाडीको मुनिदेखि माथिसम्म ६ इन्चको भागमा जुन अकुपंचर पोइन्टस् हुन्छन् त्यसमा समान रुपले दबाब दिँदा शरीर स्वस्थ र ऊर्जावान हुन्छ।
चुरा हातमा घस्रिन्छ। यसले हातको रक्तसंचार बढाउँछ। विज्ञानका अनुसार यही घर्षणले ऊर्जा दिन्छ र थकाइ मेटाउन सहयोगी भूमिका निभाउँछ।
हातमा चुरा लगाउँदा श्वास–प्रश्वास र मुटु रोगको आशंका निकै कम हुने गर्छ । चुरा लगाउँदा मानसिक सन्तुलन स्थापित हुन्छ।
यस्तै विज्ञानका अनुसार काँचको चुराको आवाजले वातावरणमा भएको नकारात्मक ऊर्जा नष्ट हुन्छ र सकारातमक ऊर्जाको संचार हुन्छ। ऐजेन्सी

 

कमेन्ट लोड गर्नुस