यी हुन खिचडी खानुका फाइदा
खिचडी –दाल–चामल एकसाथ मिलाएर पकाइने परिकार) सायद तपाईंले पनि खानु भएको होला। खिचडी नेपाली समाजमा थोरै नै खाइने तर लोकप्रिय भोजन अन्तर्गत पर्छ । बिरामी हुँदा पनि चिकित्सकहरुले खिचडी खान सुझाव दिने गरेको पाइन्छ।
खिचडी खानुका यी तीन फाइदा
पोषक तत्वले भरपूर
खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ। यदि चाहनुभयो भने आवश्यकताअनुसार अन्य तरकारीहरु पनि मिसाएर यसलाई थप पोषिलो बनाउन सक्नुहुन्छ।
पचाउन सजिलो
खिचडीमा तेज मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ। त्यसैले हो बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको। यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने खिचडी खानु निकै फाइदाजनक हुन्छ।
बिमारीबाट बचाउँछ
खिचडीको सेवनले मानिसलाई बिमारीबाट बचाउँछ। शरीरलाई उर्जा प्रदान गर्छ। साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ। पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक हुन्छ।