सुदूर नेपाललाई विश्वसँग जोड्दै

कफि पिउनु ठिक की बेठिक ?

२०७६ पुष २३, १०:५२

सही तरिकाले कफि पिएमा मानिसहरु धेरै बाँच्न सक्छन् भनेर एक अध्ययनले बताएको छ। कफि पिउनाले राम्रो र नराम्रो प्रभाव पार्ने पनि जनाइएको छ। कफिले कलेजो सम्बन्धी रोेग, कोलस्टोर , क्यान्सर ,अल्जाइमर मधुमेहका प्रकारहरु र छालासम्बन्धि रोगहरुको रोकथाम मा सहयोग गर्ने बताइएको छ।

यसमा कफिनको मात्रा बढि हुनाले अवस्था हेरेर पिउने गर्नुपर्छ। यदि त्यसो गरिएन भने अनेक रोग निम्तिन सक्छ। यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने समस्या देखिन सक्छ। गर्भवतीले कफि पिएमा गर्भ नै जानसक्ने र शिशु नै अपरिपक्क जन्मने लगायतका समस्या देखिने हुन्छ।

हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले बृद्धि हुन्छ। स्वस्थ व्यक्तिले दैनिक दुई गिलाससम्म कफि पिउनु ठिक हुने र अवस्था प्रतिकुल भएमा कफिन पदार्थबाट बनाइएका कुनै परिकार प्रयोग गर्न हुदैन।
अत्यधिक कफि पिउनाले यसमा पाइने कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन सहयोग गर्छ।
 

कमेन्ट लोड गर्नुस