धनगढीको निसर्ग अस्पतालद्धारा माघी पर्वलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर
धनगढीको निसर्ग हस्पीटलले माघीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ। उप–महनगरपालिकाको वडा नम्बर ५ हसनपुरमा रहेको हस्पीटलले पुष २५ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको हो। आउँदो माघ १५ गते सम्म चल्ने शिविरमा दैनिक विहान ९ बजे देखि १ बजे सम्म निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा शिविर दिईरहेको अस्पतालले जनाएको छ।
शिविरमा फिजिसियन डा. विजय केसी, हाडजोर्नी विशेषज्ञ डा. मघुसुधन घले गुरुङ्ग, सर्जन विशेषज्ञ डा. खगेन्द्र राज जोशी र वरिष्ठ मुख तथा अनुहार विशेषज्ञ डा. दिपक ठकुराठीले विरामी जाँच गरिरहेको अस्पतालले जनाएको छ।