सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुकुरले टोक्नसाथ के गर्ने? यस्ता छन् पाँच तरिका

२०७६ माघ २, ०३:२६ खबर संवाददाता

सर्तकता अपनाउँदा–अपनाउँदै पनि कुकुरले टोक्न सक्छ। कुकुरले टोक्यो भने के गर्ने? तत्काल हामी केहि सोच्न सक्दैनौ। कुकुरको टोकाइबाट रेबिजको संक्रमण हुन सक्छ। यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ। कतिको मृत्यु समेत हुन सक्छ।

के हो रेबिज?

रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा पाइन्छ। यदि यो भाइरस भएको जनवारले कुनै व्यक्तिलाई टोक्यो भने जनवारर्को यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ। यो भाइरसले एकदमै तिब्र रुपमा स्नायु प्रणालीमा आक्रमण गर्छ। र, यो मृत्युको कारण समेत बन्न सक्छ। त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ।

कुकुरले टोक्नसाथ के गर्ने त?

१. पानीले सफा गर्ने

जुन ठाँउमा कुकुरले टोकेको छ, त्यसमा सफा पानीले धुनुपर्छ। यसले गर्दा घाउमा ब्याक्टेरिया लाग्ने खतरा कम हुन्छ।

२. घाउलाई दबाउन हुन्न

यदि घाउबाट रगत बाहिर आउँदैछ भने त्यसलाई दबाउनु हुन्न। केहि समयसम्म रगत बग्न दिनुपर्छ।

३. एन्टिबायोटिक क्रिम लगाउने

टोकेको ठाउँमा पानीले सफा गरेपछि एन्टिबायोटिक क्रिम लगाउनु पर्छ। यसले इन्फेक्सन पुरै शरीरमा फैलाउन पाउँदैन।

४. ब्यान्डिज लगाउने

घाउमा ब्यान्डिज लगाउने। यसले वातावरणमा रसहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन।

५. एन्टि रेबिज इन्जेक्सन लगाउने

यसको प्राथमिक उपचारपछि तुरुन्तै चिकित्सकको सल्लाह अनुसार एन्टी रेबिज इन्जेक्सन लगाउने।
 

कमेन्ट लोड गर्नुस