कलेजोमा बोसो जमेको छ? यस्तो छ घरेलु उपचार
शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको। किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन्। हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन। तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ।
कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो। तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या साझा पीडा बन्दै गएको छ।
फ्याटी लिभर के हो ?
यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ। कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुमपान जस्ता कारणले कलेजोमा बोसो जम्छ। यस्तो रोगले धेरैलाई सताएको हुन्छ। जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर पर्छ।
लक्षण :-
– भोक कम लाग्नु।
– पेट फुलिनु।
– आँखा र छालामा पहेंलोपन देखिनु।
– चक्कर आउनु वा कमजोरी महसुष गर्नु।
– खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु।
– पेटको दाँयाबाँया भागमा पीडा हुनु।
के छ घरेलु उपचार ?
१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ।
२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ। यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ।
३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ।
४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ।
५. ग्रीन टि एकदमै लाभदायक हुन्छ। त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ।
६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ। सुन्तला, कागती यसको राम्रो स्रोत हो।
७. करेला तीतो भएपनि कलेजोको बोसो हटाउनमा यसले राम्रो भूमिका खेल्छ।
८. कलेजोमा जमेको बोसो हटाउन काँचो गोलभेडाको सेवन पनि लाभदायक हुन्छ।
(चिल्लोरहित खानेकुरा सेवन गर्ने, मदिरा सेवन नगर्ने, कलेजोलाई स्वस्थ्य राख्न खानामा जुस र फल सामेल गर्ने)