सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्सीको ह्याङओभर यसरी छुटाउन सकिन्छ

२०७६ माघ ३, ०८:५० खबर संवाददाता

पालीहरू असाध्यै बढी रक्सी पिउँछन्। अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन्। ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन। यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं। तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन। सकेसम्म रक्सी पिउँदै नपिउनुस्। तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस्।

दूध र दही

रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ। यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ। यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ।

कागती पानी

मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ।
 

कमेन्ट लोड गर्नुस