सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षयरोग अनुसन्धान केन्द्र स्थापना

२०७६ माघ ३, ०६:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्र स्थापना भएको छ। कैलालीको गोदावरी नगरपालिका– ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश व्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको हो।

उक्त अनुसन्धान केन्दको उद्घघाटन गर्न बेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने कार्यक्रम समेत तय भईसकेको छ। माघ ६ गते हुने उद्धघाटन कार्यक्रममा राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ सेवा विभागका निर्देशक समेत आउने कार्यक्रम राखिएको छ। 

क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ।

९ बर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो। मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो।

२०६७ सालदेखि कलेज निर्माणको प्रक्रिया अगाडी बढाईएको थियो। धनगढी ईन्टरनेशनल कलेज स्थापना गर्ने तयारीका साथ २०६७ सालमै धनगढीमा महायज्ञको आयोजना गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस